'सेतो छडीको साहारा'
प्रतिमा सिलावाल
सानी नातीनीलाई अ्गालो मारिन् । अनि गाला सुम्सुम्याईन् र भनिन् नातीनीको मोहडा कस्तो छ देख्न पनि पाईन । के गर्नु पुर्पुरोमा नै यस्तै लेखेर ल्याएपछि आफ्नो चाहनाले मात्रै नहुने रैछ । यो संसारलाई नै देख्न नपाईने लेखेर ल्याईएको रैछु । दैबले दिएको भाग त भोग्नैप् यो । घरी घरी यस्तै तर्कना उनको मनमा खेलिरहन्छ ।
बलिमाया अधिकारीको आँखाले यो संसार नियाल्न आमाको गर्भबाट जन्मदाँदेखी नै पाईनन् । न त चाहे अनुसारले आफ्नो जिन्दगी जिउन सकिन् । जिन्दगीमा दुःख कति गर्नुपर्ने रहेछ उनलाई अझैसम्म यकिन छैनन् । ५६ वर्षको उमेरमा पनि आफु अझै आफ्नै हातखुट्टा चलाएर बाँच्ने संकल्प उनमा छ । उनको लागि अन्धकार बाहिरी संसारमा एउटा सेतो छडी हातमा लिन्छिन् । एउटा झोला टाउकोमा मैनबत्तीले भरिएको हुन्छ । अनि लठ्ठीले छाम्दै हिँड्छिन् मैनबत्ती आयोÚ यहि आवाज निस्कन्छ उनको जिविको पार्जनको आधार ।
' नानी यता होईन मैनवत्ती बनाउने घर । ए हैन हगी मैले त बाटो भूलेछु ।' एक दिन मात्रै होईन पटक पटक उनले बाटो भूल्छिन् । हातमा सेतो छडी बोकेकी उनी त्यसैको भरमा कहाँ कहाँ पुग्छिन् आँफैलाई पत्तो हुँदैन । मैनबत्ती बेच्न हिँड्दा कहिले रामपुर कहिले गितानगर सम्म पुग्ने रै;छु सोध्दै हिँड्छु अनि थाहा हुन्छ । फर्किदा पनि बाटो सोधदै फर्किने बलिमायाले बताईन् । कहिले काँही त दिनदिनै हिँड्ने आफ्नै घरको बाटो पनि उनलाई थाहा हुँदैन । लमजुÚ्घ जिल्लाको बिचौर गाउँमा जन्मिएकी बलिमायाले जिवनमा भोगेको दुःख सुनाउँदा लाग्छ संसारको सबैको दुःख उनले मात्रै भोगेकी हुन् ।
उनको परिवारमा जन्मिएका छ जना दाजुभाई दिदीबहिनी मध्ये एक जना बहिनीले मात्रै आँखा देख्ने थिईन् । एक जना भाई र चार दिदीबहिनी दृष्टिबिहीन जन्मिए ।
पहाडको ठाउँ गरिब परिवारमा जन्मिएका उनको परिवारमा आँखा नदेखने भनेर उनले मायामा बस्न पनि पाईनन् । घरकै चार जना आँखा नदेख्ने भएपछि सक्दिन भनेर काम नगरी सुखै थिएन ।
पहाडको ठाउँ काम गर्नै प् यो । एउटा हातले भारी समाउने अर्कोले बाटो छाम्ने गरेर हिँड्ने गर्थिन उनी । आफुले सकिन्जेल एक्लै जिवन काट्ने निर्णय गरेर बसेकी बलिमायाको शारीरीक अपाÚ्घताको कारण निर्णयले पुरा रुप लिन सकेन ।
बीस वर्षको उमेरमा उनले जिवन निर्वाह गर्ने साथीको रुपमा ५५ वर्षका शेरबहादुर अधिकारीलाई रोज्नुप् यो । ँके गर्नु आफ्नो शरीरले सबैकाम गर्न नसक्ने भएपछि जिन्दगीसँग सम्झौता गर्नै पर्ने रहेछ ।
त्यसपछि अझ उनको दुःखका दिन बढ्न थाले । अरु दिदीबहिनीको पनि अरु ठाउँमा बिहे भयो । गाउँमा दुःख गर्दै बस्ने बलिमाया भईन् । गाउँका सबै आँखा देख्छन् । उनलाई आफु मात्रै आँखा नदेख्ने भएजस्तो लाग्थ्यो । अर्काको ढिकी जाँदो गरिदिएर आएको सामल ल्याएर घर धान्नु पर्ने अवस्था थियो । मेरो लगि अन्धकार यो संसारमा दुःख भन्दा केही छैन जस्तो लाग्थ्यो । दिनरात रोई रोई ढिकी जाँतो गर्थें ।Ú उनले गाउँमा छँदाको दुःख सुनाईन् ।
उनले चारवटा सन्तान पनि ढिकी जाँतो गरेर हुर्काईन् । श्रीमान् बुढा भईसकेका थिए । काम उनले नै गर्नुपथ्यो ।
अहिले उनका तीनछोरा एक छोरी छन् । दुःख गरी हुर्काएका छोरा छोरीको रुपरÚ्घ कस्तो छ उनलाई आजसम्म थाहा छैन । मेरो छोराछोरीको कस्ता छन् । बिहे हुन्छ हुँदैन अरुलाई सोध्थें । उनले आफ्नो अपाÚ्घताप्रतिको दुःखेसो यसरी गरेकी हुन् ।
छोराछोरीले आठ वर्ष अगाडी चितवन लिएर आएका छन् । चितवनमा झरेपछि बलिमायाले धेरै कुरा सिकिन् । सबैभन्दा महत्वपूर्ण त आफु एक्लै आँखा नदेख्ने होईन रहेछु भन्ने सिकिन् । त्यतिमात्रै होईन हातको सिप पनि सिक्ने अवसर पाईन् ।
चितवनको गौरीगाजमा जेठा छोरासँग उनी अहिले बस्दै आएकी छिन् । अहिले गरी खानको लागि उनको हातमा सिप छ । तर मैनबत्ति बनाउन सिकेपनि आर्थिक अभावको कारण मेसिन बनाउन बलिमायाको परिवारले सकेका छैनन् ।
मेसिन किनेर मैनवत्ति बनाउन आफुसँग पैसा छैन । अरुसँग किन्ने अनि बेच्ने गर्छु ।Ú उनले सुनाईन् । मैनवत्ती किनेर बेच्दा आजभोलि फाईदा हुन छाडेको उनी बताउँछिन् । एक प्याकेटमा पाँच रुपैंया भन्दा नाफा बस्दैन । दिनभरमा १५ घरजति मात्रै डुल्न सक्छु । आजभोलि त यो काम पनि गर्न सक्दिन जस्तो लागेको उनको भनाई छ ।
शरीरमा बुढ्यौलीले छोईसकेकोले पनि होला बसेर काम गर्न सक्ने खालको तालिम पाए त्यस्तो काम गरेर खाने चाहना उनले सुनाईन् ।
सरकारको तर्फबाट अपाÚ्घको लागि दिने भत्ता सबै अपाÚ्घले पाउने भनेपनि आफुलाई सहयोग कतैबाट नपाईएको बलिमायाको गुनासो छ । आफुले चिनेजाने जति सबैसँग अनुरोध गदौपनि उनले कतैबाट सरकारले दिने भनेको सहयोग नपाएको बताउँदै भनिन् ँ भत्ता माग्यो भने बसाईंसराई गरेको कागज माग्छन् । मसँग यहिको अपाÚ्घ परिचय पत्र छ । यसले हुँदैन रे । कतैबाट सहयोग नपाईए पनि आफ्नो जिवनलाई सेतो छडीको साहारा लिएर कर्मले उदाहरणीय बनाएकी छिन् ।
No comments:
Post a Comment