संघर्षले सिकाएको पाठ-मनको बह कसैसँग नकह
प्रतिमा सिलवाल/चितवन
साताभरीको थकान र व्यस्ततालाई भुल्न जाने ठाउँ हो त्यो । एकजना दुईजना मात्रै होइन समूह समूहकै जमघट हुन्छ त्यहाँ । खानपान नाचगान र मनोराजन चाहनेहरु भेला हुने सो ठाउँमा देखापर्ने सानीमाया नेपालीको ध्याउन्न भने यी कुराहरुमा पटक्कै हुँदैन ।
वनभोज खाँदै रमाइलो गर्नको लागि मौलाकालिका मन्दिर फेदीमा जम्मा हुनेहरुलाई सहयोग गरेरनै सानीमायाको गुजारालाई बल पुग्छ । अरुले गर्ने नाचगानले उनको मन पनि प्रफुलित हुन नखोज्ने होइन । तर दुःखको पहाडले थिचिएकी सानीमाया त्यो वातावरणबाट पृथक जस्तै हुन्छिन् ।
दुई हजार पाँच सय तलबमा उनले यो जिम्मेवारी सम्हालेकी छन् । उनी पिकनिक स्थलमा विरुवा रोप्ने पनि गर्छिन् । फुल फुलाएर चट्ट पारी आउनेहरुलाई फेरि आउन लालायित बनाउनु पनि उनको कोशिस रहन्छ । बनभोजमा आउनेहरुलाई पानीको खाँचो हुन नदिन उनी हरदम चनाखो हुन्छिन् ।
अहिले ४२ पुगेकी सानीमायाको ज्यानले श्रीमान्को कुटाई सहनुपरेको १५ वर्ष हुँदादेखि नै हो । श्रीमान्बाट मायाममताको साटो आक्रोश र आक्रमण बेहोर्नुपरेको दुःखद अनुभुती सुनाउँदा उनका आँखा रसिला हुन्छन् । रक्सीले मातेपछि श्रीमान्बाट हुने ज्यादती उनले तीनवटा छोराछोरीको जन्म भइन्जेल सहिन् ।
छोराछोरी हुर्काउन पनि उनले निकै कष्ट झेल्नुप् यो । æआफ्नो हातमा कमाई थिएन । छोराछोरी ठूला नहुन्जेल धेरै कष्ट काटें ।Æ उनी दुःख सम्झिदैं यसो भन्छिन् । श्रीमान्बाट पिटाइ मात्रै होइन आफु मूनी झण्डै एकदर्जन सौताको झापड पनि आएपछि उनी यस्ता अत्याचार सँधै सहेर नबस्ने निक्र्यौलमा पुगिन् ।
उनलाई सम्झना भएसम्म एघार वटी भन्दा बढी उनको श्रीमान्ले उनी पछि बिहे गरेका छन् । महिलाको लागि सौता साह्रैनै पिडादायी कुरा हो । ती दिनका नमिठा सम्झनाले उनको मनलाई अझै पनि पिरोल्छ । तर पनि आफुलाई कठोर बनाउँदै उनी भन्छिन् æजति रुनु रोइसकें । अब त हतपत मेरो आँखाबाट आँसु आउदैन ।Æ
श्रीमान्को ज्यदती अति भइसकेपछि उनलाई अर्को केटो खोजेर बिवाह गर्न सल्लाह पनि नआएको होइन । सानैमा बाबु आमाले साथ लगाएर पठाएकॊ श्रीमान्बाट हेपाइ र कुटाइ आजित भएकी उनलाई अरुबाट माया र सद्भाव पाइन्छ भन्ने विश्वास जागेन । बरु उनले आफ्नो जिन्दगी आफ्नै कमाइले चलाउने निर्णय गरिन् ।
æमाइतमा बुबा हुँदै यस्तो दुःख खप्नुभन्दा अर्कोसँग जा पनि भन्नु भाÚथ्यो । तर मलाई सत् छोड्न मन लागेन । आफ्नै कमाइले खान्छु भनेर काम खोज्न थालेको हो ।Æ
उनले काम खोज्ने क्रममा काहाँ कहाँ पुगिनन् । तनहुँदेखी पहाड पहाड हुँदै हिडेर नै पहिलोपल्ट चितवन आएको उनले बताइन् ।
उनले पहाडमा केही समय काम पनि गरिन् । दुई हजार छ सया रुपैंयामा तनहुँको पहाडमै दुध सदरमुकाम दमौली सम्म पु् याउने काम पनि गरिन् । पछि दुध सदरमुकाम लैजान नपर्ने भएपछि उनलाई तलब घटाइयो । अनि त्यहाँ चित्त नबुझेपछि उनी चितवन झरेकी हुन् ।
चितवनमा पनि अर्काको भाँडा माझ्ने देखी उनले बिहानको राति नै डाँडाकालिका सम्म बालुवा बोकेर लैजाने काम पनि गरिन् । उमेरले पनि बुढ्यौली तर्फ लगिसक्यो । त्यसमाथी पनि सुत्केरी अवस्थादेखी नै राम्रो खान नपाएकी उनलाई बोरा बोकेर मन्दिर उक्लिन गाह्रो पर्न थाल्यो । पछि उनले पिकनिक स्थल सफा गर्न मात्र थालेकी हुन् ।
अहिले उनी बिहान छ बजेदेखी नै पिकनिक स्थल सफा गर्न हाजिर हुन्छिन् । बिहान मिल्यो भने कहिले काँही पिकनिक खानेहरुले ििदए भने चिया नास्ता पनि खाइहाल्छिन् । नभए १२ बजे कोठामा गएर खाना खान्छिन् । फेरि उनलाई खाना खाएर बस्ने फुस्रद हुँदैन । एकैछिनमा पानी सकिन्छ । त कहिले फोहोर नगर्न भन्न पनि पुग्नुपर्छ । खाना खाएर हतार हतार गरेर उनी ड्युटी पुरा गर्न फेरी उही ठाउँ पुग्नुपर्छ । बनभोज खाने सिजनमा त झनै फुस्रद हँुदैन । अरु बेला पनि उनी साँझ छ बजेसम्म त पिकनिक स्थल रेखदेखमा नै खटिन्छिन् । उनलाई अहिले यहि जिन्दगी नै प्यारो लागेको छ । कम्तीमा पनि काम गरेर खान त पाईएको छ । यो उनको भनाई हो ।
सानीमायाले ठूली छोरीको बिहे गरिदिई सकेकी छन् । १९ वर्षको छोराको पनि विबाह भइसक्यो । छोरा पोखरामा डेरा गरेर बस्छ । गाडी चलाएर उसले आफ्नो खानाको जोहो आँफै गर्छ ।
उनीसँग भने १६ वर्षकी कान्छी छोरी रहेकी छिन् । अहिले उनलाई कान्छी छोरीलाई पनि काममा लगाउने मन छ । æकान्छीलाई पनि काम खोजिदिन पाए हुन्थ्यो । आफुलाई निस्किन एकैछिन फुस्रद छैन ।Æ उनले सुनाइन् । उनले छोराछोरीलाई पढाउन भने सकिनन् । खान लाउन पु् याउन नै धौ धौ भएको बेलामा पढाउने त सोच्नै नभ्याएको सानीमायाले सुनाइन् ।
उनलाई छोराछोरीले माया गर्छन् । त्यसैले पनि उनलाई अहिले जिवनप्रति त्यति चिन्ता लाग्दैन । त्यसमाथी तलबबाट पाँच सय पच्चीस रुपैंया भाडा अनि घरखर्च चलाएर महिनाको एक हजार जोगाउने पनि गरेकी छन् । उनलाई अब भने आफ्नो घर घडेरी जोडेर ढुक्कसँग बस्ने चाहना छ । योजना सुनाउँदै उनले भनिन् æपोखरामा बस्न महंगो छ । छोरालाई पनि यतिै ल्याउन पाए अलि अलि कमाउन सकिन्थ्यो होला । यहाँ गाडीका साहुलाई चिनेको पनि छैन ।Æ
विवाहपछि श्रीमान्ले दिएको पिडाका पोका मनभरी भएपनि उनी हतपत कसैलाई पनि आफ्नो मनको बह पोख्दिनन् । कसैले सोधेभने अर्कै श्रीमती लिएर बसेको छ । भन्न उनलाई आउँदैन । æकसैले सोधे भने पोखरामा जुत्ता सिलाउँछन् भन्ने गरेको छु ।Æ उनले आफ्नो अवस्था भन्न मन नलाग्नुको कारण खुलाउँदै भनिन् æआफ्नो व्यथा आफुसँगै छ । वित्थामा हेप्छन मात्रै केही भन्न मनै लाग्दैन ।
No comments:
Post a Comment