कपाल कालै छन् अनुहार कत्ति पनि चाउरी परेको छैन मझौला कद र फरासिली पनि छिन् उनी । विदेश तिर हो भने बल्ल विवाहको उमेर भयो तरपनि चितवन लङ्कुकी मीना खरेललाई सबैले दिदी भन्छन् । अप्ठ्यारोमा परेका अधिकांश महिलाहरुले 'मीना दिदी'लाई नै सम्झिन्छन् । चितवन र आसपासका महिलालाई समस्या पर्ने बित्तिकै 'मीना दिदी' कहाँ आईपुग्छन् ।
तर 'मीना दिदी' हिजोआज आफ्नैबारे सोच्दैछिन् -ुमैले कहिलेसम्म समाजसेवा र महिला दिदीबहिनीको लागि भनेर मरिमेट्ने ।' आँफैलाई प्रतिप्रश्न गर्छिन् -'मेरो जीवनको अन्तिम लक्ष्य के हो ? उत्तर उनैसँग छ -'महिला दिदीबहिनी र दुःखी गरिबको सेवा नगरी बस्नै सक्दिन । मेरो मन नै मान्दैनु। उनी हिसाब लगाउँछिन् 'जीवनको बीसौं वर्ष समाजसेवामा खर्चियो विवाहको साइत पनि टरिसक्यो । अब साइत जुटाउने रहर पनि छैन ।ु उमेरले ३९ औं वर्षमा हिँड्दै गरेकी मीना खरेलले जीवनमा आफ्ना लागि आएका महत्वपूर्ण अवसर पनि छोडिन् । उनका प्रत्येक अवसरलाई महिलाहरुमाथि हुने गरेका िहंसा र पीडाका आवाजले पछाडि पार् यो । मीनाले त्यसकै विरुद्ध संघर्ष गर्दैमा जीवनको महत्वपूर्ण समय व्यतित गरिन् ।
एसएलसीको परीक्षा उत्तिर्ण गरेपछि समाज सेवामा होमिएकी मीना अझै पनि उत्तिकै कि्रयाशिल छिन् । समाजसेवा स्वार्थले शुरु गरिएको थिएन । बीस वर्ष अगाडि चितवनमा ब्याप्त दाईजो प्रथाको विरोध गर्ने प्रमुख लक्ष्य लिएर आफुजस्तै दिदीबहिनीको सहयोगले आदर्श नारी विकास केन्द्रको संस्थापक सचिव बनेर मीनाको समाजसेवासँग मितेरी जोडिएको थियो । बीस वर्षको दौरानमा उनी थाकेकी छैनन् । न त महिलाका समस्याहरु कम्ती भएर गएका छन् । हिजोभन्दा आज झन् धेरै समस्याहरु छन् । उनी सय बढी मुद्दामा साक्षी बसिसकिन् । हजार बढी महिलाका समस्या प्रहरी वा आफ्नै पहल र मध्यस्ततामा सुल्झाएकी छिन् उनले ।
आफ्नै जीवनका लक्ष्य केलाउँदा प्रत्येकदिन महिलाहरुका लागि गरेका पहल उदाहरण बनेर आउँछन् । ुभीमाको केश मिलेन चोखालको जीवन बर्बाद पार्ने पक्राउ गर्न सकिएन प्रहरीले यो केशमा सपोर्ट गरेन आदर्श गृहका महिलालाई आर्थिक उपार्जनको लागि के योजना बनाउँदा ठिक होला हाम्रो घरका भाइहरुको लागि दिर्घकालिन खर्च जुटाउने आधार के बनाउने होला ु मीनाको दैनिकी यस्तै कुरा सोचर गरेर बित्छन् ।
समाजसेवाको जीवनलाई रोजेर २०५५ सालमा नै नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य बनेकी मीनाले सक्रीय राजनीति छोडिन् । अनि श्रीमान्ले छोडेर अलपत्र बनेकी महिलालाई सहयोग गरेर साइकल डोर् याउँदै साग बेच्दै आफ्नो खर्च जुटाएको हेर्दा रमाउन थालिन् । हाम्रो घर नामको सडक बालक पुर्नस्थापना केन्द्र साचालन गरेर सडक बालकहरुले भविष्य खोज्दै विद्यालय गएको देख्दा आनन्दित भईन् । दुई वर्षयता िहंसामा परेका महिलाहरुको पुर्नस्थापना केन्द्र साचालन गरेर महिलालाई सवल बनाउने पाटोमा अझ बढी कि्रयाशिल छिन् । आठ वर्षदेखि सामुदायिक विकास केन्द्र नारायणगढमार्फत समाजको अपराध घटाउनको लागि विभिन्न कार्यक्रम पनि गर्दै आएकी छिन् ।
आफ्नो जीवन गोरेटो उनले व्यक्तिगत स्वार्थको लागि तय गरिनन् । हातमा डिग्री पासको सर्टिफिकेट बोकेकी मीना कमाउने मेसो जुटाउन दश चारको जागिरमा रमाइनन् । नौ दिदीबहिनी र दुई दाजुभाइकी बीचमा उनी बिहे नगरी समाजमा रमाउने एक्ली सन्तान हुन् । महिलाहरुको दुःखमा दुःखी र सुखमासँगै रमाउँदा उनी परिवारको पनि पि्रय छिन् । माइतीमा बसेका अविवाहित दिदीबहिनी अधिकांश माइतीको हेलामा हुन्छन् भन्ने कुरा मीनाको पारिवारिक मेलले उल्टो गराएको छ । उनले महिलाको लागि लड्न आफुपनि आदर्श बन्नुपर्छ भन्ने मान्यतालाई पनि आत्मसात गरेकी छिन् । कानुनले गरेको अंश पाउने अधिकारलाई दाजुभाई सरह अंश लिएर स्थापित पनि गरेकी छिन् मीनाले ।
ुमहिलालाई सहयोग परिवारको हुनुपर्छ ।ु मीनाले काम गर्दाको अनुभवमा आफ्नै घरबाट सिकेको पाठ हो यो । तर उनले गर्ने समाजसेवा भने अधिकांश पारिवारिक िहंसाबाट नै जन्मिएका हुन्छन् । श्रीमान्ले कुटेको दोस्रो बिहे गरेको अंश नदिएको आफन्तबाट बेचिएको यस्तै समस्या मीनाले अधिकांश समय हेर्नुपर्छ । महिलाहरु न्यायको गुहार माग्दै आइपुग्छन् । मीनाले तिनैका लागि आफूलाई समर्पित गरेकी छिन् । तिनैको सुखमा सुख र खुसीमा खुसी देख्छिन् उनी । त्यसैले समस्यामा परेका महिलाहरुको हरेक पीडालाई आफ्नो ठानेर समाधानको लागि सहयोग गर्छिन् ।
उनको अनुभवमा ८० प्रतिशत महिला घरेलु िहंसाबाट पीडित छन् । कतिपय आफ्नो समस्या लुकाएर बसेका छन् । समस्या खोलेकाले पनि उचित राहत पाउन कठिन छ । चितवन जस्तॊ शिक्षित मानिसको बसोबास भएको जिल्लामा गनिने ठाउँमा त धेरै महिलाले घरको िहंसा सहेर बस्न बाध्य छन् । ुव्यवसायिक शिक्षा चेतनाको स्तर उच्च सरकारको नीति र कार्यक्रम महिलामुखी हुनुपर्छ ।ु महिलामाथि हुने असमान अवस्था र िहंसा न्यूनिकरणको लागि उनको अनुभवले देखाएको बाटो हो । मीना थुप्रै िहंसाका घटना जोड्दै थप्छिन्् ुमहिला आर्थिक रुपमा सवल भए िहंसा न्यूनिकरणमा मद्दत पुग्छ ।ु
No comments:
Post a Comment