पार्टीको आन्तरिक द्वन्द्व चरममा छ । कहिले पार्टीका कार्यकर्ताले नेता मार्ने खबरले सददेखि चोकका चिया पसल तताउँछ । कहिले प्रचण्ड, बाबुराम र वैद्यको विवादले पार्टी पंक्तिलाई तताउने गर्छ । । पार्टीको विवाद साचार माध्यमले फुकेको फुक्यै छन् । चोक-चोकका चियापसलमा एकीकृत नेकपा माओवादीको अबको बाटोको बारे चर्चा चरम छ ।
पार्टीका नेता कार्यकर्ता आफुलाई कतातर्फको बनाउने भन्नेमा विचार विमर्श गर्ने हतारमा छन् । कोही प्रचण्ड पक्षधरमा गनिएका छन् त कोही डा। बाबुराम भट्टराईको पक्षमा । कसैलाई मोहन वैद्यको 'जनविद्रोह' ले तानेको छ । तर तनहुँ देवघाटका माओवादी कार्यकर्तालाई पार्टीको विवादको चासो भन्दा पनि आफ्नो सिर्जनशिलता सफल गराउन ध्यान बढी छ ।
दश वर्षे सशस्त्र द्वन्द्वबाट शान्ति प्रकि्रयामा आएका माओवादी पार्टीको नाम लिँदा सिर्जनशिलता भन्दा पनि ुशक्तिमा रमाउने पार्टी' भनेर बुझ्ने नेपाली अझै पनि छन् ।
अझ भुमिगत कालमा बम बारुद खेलाएकालाई त कमैले सिर्जनशिलतामा रमाउँछन् भन्ने बुझ्छन् । तर यस्तो पहिचानलाई मेटाउँदै परिश्रम र सामुहिकताको सिर्जनाको उदाहरण बनेका छन् तनहुँ देवघाटका माओवादी कार्यकर्ता ।
दुई वर्षयता सामुहिक रुपमा बाख्रापालन थालेका छन् । त्यो पनि कृषि सहकारीमार्फत । एकीकृत नेकपा माओवादी तनहुँको मातहतमा रहने गरी उनीहरुले सहकारीमार्फत सिर्जनशिल काम थालेका हुन् । एपीएस कृषि सहकारी नामबाट सहकारीमार्फत उनीहरुले काम थालेका हुन् । जसको नेतृत्व रामबहादुर भट्टले गरेका छन् ।
५९ वर्षका रामबहादुर नै पूर्णरुपमा काममा खटिएका छन् । उनले छ वर्ष पहिले गर्ने र अहिलेको कामको प्रकृति फरक छ । तर उद्देश्य एउटै हो बाटो देखाउनु । छ वर्ष पहिले रामबहादुर भट्ट छापामारको गाइड थिए । तत्कालिन भूमिगत नेकपा माओवादीका छापामारलाई उनी बाटो चिनाउँथे । कताबाट हिँड्दा सुरक्षित भइन्छ शत्रु को निशानाबाट बच्न सकिन्छ हरदम चिन्ताको विषय थियो ।
अहिले पनि उनले नेतृत्व गरेर बाटो देखाउने तरिका नै अपनाएका छन् । त्यतिबेला ुवर्तमानको गाईडु भट्ट अहिले ुभविष्यको गाइडु बनेका छन् । पहिलेदेखि नै नयाँ काम गर्ने योजनामा रहेका रामबहादुर तनहुँमा आफ्नो पार्टीसँग सल्लाह गरी किसानलाई आम्दानीको भविष्य देखाउन कस्सिएका हुन् । भूमिगतकालमा जति नेकपा माओवादी प्रतिवद्ध थिए अहिले पनि उत्तिकै प्रतिवद्ध छन् । नेकपा माओवादीको तनहुँ जिल्ला समितिको सदस्य पनि हुन् ।
पार्टीमा लागेपछि दलबल लिएर भाषणमात्रै छाँटेर हिँड्नु दिन कटाउने मेसोमात्रै हो । यहि तथ्य बुझेर रामबहादुरको नेतृत्वमा रहेका माओवादी कार्यकर्ताले पहलमा पार्टीकै मातहतमा रहने गरी तनहुँको देवघाट गाउँ विकास समिति वडा नम्वर २ सिन्दुरे खोलामा बाख्रा फार्म खालेका हुन् । आधुनिक तरिकाबाट बाख्रापालन गरेका छन् ।
बाख्राको खोर मान्छेको घरभन्दा पनि चिटिक्क छ । काठबाट बनाईएको घरमा चारवटा फरक फरक कोठा छन् । ुव्याउने पाठापाठी वयस्क फरक फरक गरी राख्छौंु बाख्रापालनको तालिम लिएर बसेका रामबहादुरको सीपले नै बाख्राको व्यवस्थित बसाई बसेको हो । हरेक दिन चराउन लैजानु समय समयमा रेखदेख गर्न उनका सपरिवार नै पार्टी मातहतमा नै रहने गरी खटिएका छन् । ुकाम पार्टीकै हो । मोर्चामात्रै फरकु आफ्नो नेतृत्वमा थालेको कामबारे उनको टिप्पणी हो यो ।
एकीकृत नेकपा माओवादी तनहुँको लगानीमा सिन्दुरे खोलाको जंगल छेउमा बाख्रा फारम खोलिएको हो । एपिएस कृषि सहकारी नामबाट बाख्रापालन गरिएको छ ।
देशमा भएका सानो घटना वा दुर्घटनामा ज्यान गुमाउनेको नाम पनि शहीदको लिस्टमा चढ्ने माग गर्ने परम्परा सामान्य जस्तो भइसकेको छ । तर शहीदको नाममा सिर्जनशिल काम गर्ने प्रवृत्ति न्यूनमात्रै हुने गरेको छ । तनहुँको माओवादी पार्टीले भने आफ्नो सिर्जनशिलतामा पाटीका ुशहीदु को नाम जोड्यो । एपिएस कृषि सहकारीको नाम शहीदकै नामबाट जुराएको हो ।
बाख्रापालनमा दक्ष तथा सहकारीका अध्यक्षसमेत रहेका रामबहादुर भट्टका एक छोरा शिव भट्टले भूमिगत कालमा नै मृत्युवरण गरे । तनहुँको सिन्दुरेखोला प्रकाश सुवेदी अनि मेघनाथ लामिछनेले पनि माओवादी शसस्त्र विद्रोहमा नै ज्यान गुमाए । उनीहरुकै नामबाट सिर्जनात्मक काम गर्नको लागि पार्टीलाई झक्झकाउन पनि भट्टलाई काम गर् यो ।
ुएउटै छोरा पार्टीमा भूमिगत अवस्थामा शहिद भयो 'बाख्रापालन फार्ममा रहेको तस्विर अंकित गेटमा हेर्दै भने -ुशहिदकै प्रेरणाले पनि केही गरौं भनेर पार्टीमा प्रस्ताव गरेको हो ।'
दुईवर्ष अगाडीदेखि १९ वटा बाख्रा राखेर बाख्रापालन थालिएको हो । अहिले ४९ वटा पुगेको छ । तनहुँको देवघाट गाविसको सिरानमा बाख्रापालन गरिएको छ । अहिलेसम्म बिक्रीको लागि भने बाख्रा तयार भएको छैन । 'हामी अहिले संख्या विस्तारमा नै छौं ।' बाख्रा बिक्रीको लागि आउँदो दशैं सम्ममा तयार हुने जानकारी दिँदै रामबहादुरले भने ।
कृषि उत्पादन बढाउन सहकारी मार्फत थालिएको अभियान यतिमा मात्रै सिमित छैन । उनीहरुले घाँस खेती मालापालन बंगु्रपालन गर्ने योजना पनि तयार गरेका छन् ।
तनहुँको कृषि कार्यालयबाट पाँच लाखको योजना पनि स्वीकृत भइसकेको छ । तीन वटा पोखरी बनाएर माछापालन थाल्ने योजना रहेको उनले बताए । बाख्रापालन पनि भाडामा जग्गा लिएर थालेका हुन् । रामबहादुरको नेतृत्वमा २५ जना एमाओवादीका कार्यकर्ता सहकारीमा आवद्ध छन् ।
No comments:
Post a Comment