नाम: प्रतिमा सिलवाल काम: समाचार लेख्ने यता चाहिँ मनका अनौपचारिक भोगाइहरु र अन्त लेखिएका सामग्रीहरु भेला गरेर राख्ने थलो
Saturday, May 28, 2011
हाम्रो समाचार खोई ?
ओ पत्रकार नानी ! नारायणगढको पुलचोकमा ब्राम्हण समाजको बन्दमा आज एक जनाले बोलाए । बाइकमा पे्रस टाँसेको थिईन । लाग्यो अगाडिकाले जस्तै यिनले पनि हपार्ने भए । ( हाकिमचोकबाट पुलचोकसम्म आउँदा चार ठाउँमा मैले बन्दकर्ताको झपार खाइसकेको थिएँ ।) बाइक सडकको साइडमा रोकें । पुलचोकको पसलका पेटीमा बस्दै गरेका 'पाका बन्दकर्ता' को अगाडी घाँटीमा झुण्ड्याएको पे्रस कार्ड देखाउँदै लुरुलुरु पुगें । पाका बन्दकर्ताले अगाडि लहरै रोकेको साइलको भित्र छिरेर नजिक आउन अह्राए । 'बन्दका केही बेला नराम्रो गरेभने जवाफ दिने कोही हुन्न ।' सोच्दै बन्दकर्ताको नजिक पुगें । उनले सोधे-'के मा काम गछ्र्यौ घाँटीमा झुण्ड्याएको कार्ड उनको चस्माको पावरले भ्याउने गरि नजिक पुर् याईदिएँ । मुखले पनि जवाफ दिएँ । त्यसपछि उनी बम्किए -'तिमी पत्रकारहरु कस्को समाचार लेख्छौ' मैले सोझो जवाफ फर्काएँ -'सबैको ।' त्यसपछि त उनी चर्किहाले -'लेख्छौ सबैको । तिमीहरु नेताको समाचार पायो भने मात्रै लेख्छौ ।' त्यतिबेला म बाहुनहरुले गराएका बन्दको रिपोर्टिङ्गको लागि १२ बजेको चर्को घाम खाँदै पुलचोक पुगेको उनले बिसर्िएका थिए । लगातार बोल्दै गए -ुहिजो हाम्रो तीन सय जनाको मोटरसाइकल र् याली थियो । कतै समाचार आएन । दलहरुको १० जना भएपनि समाचार बनाउँछौ ।ु ति हेर्दा ६० नाघेका पाका बन्दकर्ता बम्किन रोकिएका थिएनन् । मलाई उनको जवाफ फर्काएर त्यहाँ अर्को रमिता देखाउन मन लागेन । हुन त मेरो पनि क_िन्सरी तातेको थियो । मुखमा जवाफ पनि आएको थियो -ुजातीयताको नाममा बन्द गराएर देशलाई विखण्डन तिर धकेल्ने तिमीहरुको समाचार लेख्नै पर्छ भन्ने के छ ।ु तर जवाफ फर्काईन । सोचें मेरो सुरक्षा पहिलो हो । अनि आफ्नै बाइक भएतर्फ आएँ । त्यतिनै बेला एक भलाद्मी देखिने बन्दकर्ता मभएठाउँ आईपुगे । मैले उनलाई सोधे्र तपाईं बन्दको आयोजक हो । उनी पनि आयोजक नै रैछन् । मैले उनलाई सहकर्मी बन्दकर्ता बम्केका कुरा भन्न मात्रै के लागेको थिएँ । उनी बोलिहाले -'पत्रकारहरु त देशको तेस्रो अंग ।' उनको कुराले मेरो रिस हरायो । उनको ुविशेषज्ञताुमा उनककै अगाडि मज्जाले हाँस्न मन लागेको थियो । झट्ट सम्झिँए 'आज त बन्द पो हो ।' अनि मोटरसाइकल स्टार्ट गरेर मनमनै हाँस्दै आफ्नो बाटो तताएँ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment