Monday, December 14, 2009

मनको बह कसैसँग नकह

संघर्षले सिकाएको पाठ-मनको बह कसैसँग नकह
प्रतिमा सिलवाल/चितवन
साताभरीको थकान र व्यस्ततालाई भुल्न जाने ठाउँ हो त्यो । एकजना दुईजना मात्रै होइन समूह समूहकै जमघट हुन्छ त्यहाँ । खानपान नाचगान र मनोराजन चाहनेहरु भेला हुने सो ठाउँमा देखापर्ने सानीमाया नेपालीको ध्याउन्न भने यी कुराहरुमा पटक्कै हुँदैन ।

वनभोज खाँदै रमाइलो गर्नको लागि मौलाकालिका मन्दिर फेदीमा जम्मा हुनेहरुलाई सहयोग गरेरनै सानीमायाको गुजारालाई बल पुग्छ । अरुले गर्ने नाचगानले उनको मन पनि प्रफुलित हुन नखोज्ने होइन । तर दुःखको पहाडले थिचिएकी सानीमाया त्यो वातावरणबाट पृथक जस्तै हुन्छिन् ।

दुई हजार पाँच सय तलबमा उनले यो जिम्मेवारी सम्हालेकी छन् । उनी पिकनिक स्थलमा विरुवा रोप्ने पनि गर्छिन् । फुल फुलाएर चट्ट पारी आउनेहरुलाई फेरि आउन लालायित बनाउनु पनि उनको कोशिस रहन्छ । बनभोजमा आउनेहरुलाई पानीको खाँचो हुन नदिन उनी हरदम चनाखो हुन्छिन् ।

अहिले ४२ पुगेकी सानीमायाको ज्यानले श्रीमान्को कुटाई सहनुपरेको १५ वर्ष हुँदादेखि नै हो । श्रीमान्बाट मायाममताको साटो आक्रोश र आक्रमण बेहोर्नुपरेको दुःखद अनुभुती सुनाउँदा उनका आँखा रसिला हुन्छन् । रक्सीले मातेपछि श्रीमान्बाट हुने ज्यादती उनले तीनवटा छोराछोरीको जन्म भइन्जेल सहिन् ।

छोराछोरी हुर्काउन पनि उनले निकै कष्ट झेल्नुप­् यो । æआफ्नो हातमा कमाई थिएन । छोराछोरी ठूला नहुन्जेल धेरै कष्ट काटें ।Æ उनी दुःख सम्झिदैं यसो भन्छिन् । श्रीमान्बाट पिटाइ मात्रै होइन आफु मूनी झण्डै एकदर्जन सौताको झापड पनि आएपछि उनी यस्ता अत्याचार सँधै सहेर नबस्ने निक्र्यौलमा पुगिन् ।

उनलाई सम्झना भएसम्म एघार वटी भन्दा बढी उनको श्रीमान्ले उनी पछि बिहे गरेका छन् । महिलाको लागि सौता साह्रैनै पिडादायी कुरा हो । ती दिनका नमिठा सम्झनाले उनको मनलाई अझै पनि पिरोल्छ । तर पनि आफुलाई कठोर बनाउँदै उनी भन्छिन् æजति रुनु रोइसकें । अब त हतपत मेरो आँखाबाट आँसु आउदैन ।Æ

श्रीमान्को ज्यदती अति भइसकेपछि उनलाई अर्को केटो खोजेर बिवाह गर्न सल्लाह पनि नआएको होइन । सानैमा बाबु आमाले साथ लगाएर पठाएकॊ श्रीमान्बाट हेपाइ र कुटाइ आजित भएकी उनलाई अरुबाट माया र सद्भाव पाइन्छ भन्ने विश्वास जागेन । बरु उनले आफ्नो जिन्दगी आफ्नै कमाइले चलाउने निर्णय गरिन् ।

æमाइतमा बुबा हुँदै यस्तो दुःख खप्नुभन्दा अर्कोसँग जा पनि भन्नु भाÚथ्यो । तर मलाई सत् छोड्न मन लागेन । आफ्नै कमाइले खान्छु भनेर काम खोज्न थालेको हो ।Æ

उनले काम खोज्ने क्रममा काहाँ कहाँ पुगिनन् । तनहुँदेखी पहाड पहाड हुँदै हिडेर नै पहिलोपल्ट चितवन आएको उनले बताइन् ।

उनले पहाडमा केही समय काम पनि गरिन् । दुई हजार छ सया रुपैंयामा तनहुँको पहाडमै दुध सदरमुकाम दमौली सम्म पु­् याउने काम पनि गरिन् । पछि दुध सदरमुकाम लैजान नपर्ने भएपछि उनलाई तलब घटाइयो । अनि त्यहाँ चित्त नबुझेपछि उनी चितवन झरेकी हुन् ।

चितवनमा पनि अर्काको भाँडा माझ्ने देखी उनले बिहानको राति नै डाँडाकालिका सम्म बालुवा बोकेर लैजाने काम पनि गरिन् । उमेरले पनि बुढ्यौली तर्फ लगिसक्यो । त्यसमाथी पनि सुत्केरी अवस्थादेखी नै राम्रो खान नपाएकी उनलाई बोरा बोकेर मन्दिर उक्लिन गाह्रो पर्न थाल्यो । पछि उनले पिकनिक स्थल सफा गर्न मात्र थालेकी हुन् ।

अहिले उनी बिहान छ बजेदेखी नै पिकनिक स्थल सफा गर्न हाजिर हुन्छिन् । बिहान मिल्यो भने कहिले काँही पिकनिक खानेहरुले ििदए भने चिया नास्ता पनि खाइहाल्छिन् । नभए १२ बजे कोठामा गएर खाना खान्छिन् । फेरि उनलाई खाना खाएर बस्ने फुस्रद हुँदैन । एकैछिनमा पानी सकिन्छ । त कहिले फोहोर नगर्न भन्न पनि पुग्नुपर्छ । खाना खाएर हतार हतार गरेर उनी ड्युटी पुरा गर्न फेरी उही ठाउँ पुग्नुपर्छ । बनभोज खाने सिजनमा त झनै फुस्रद हँुदैन । अरु बेला पनि उनी साँझ छ बजेसम्म त पिकनिक स्थल रेखदेखमा नै खटिन्छिन् । उनलाई अहिले यहि जिन्दगी नै प्यारो लागेको छ । कम्तीमा पनि काम गरेर खान त पाईएको छ । यो उनको भनाई हो ।

सानीमायाले ठूली छोरीको बिहे गरिदिई सकेकी छन् । १९ वर्षको छोराको पनि विबाह भइसक्यो । छोरा पोखरामा डेरा गरेर बस्छ । गाडी चलाएर उसले आफ्नो खानाको जोहो आँफै गर्छ ।

उनीसँग भने १६ वर्षकी कान्छी छोरी रहेकी छिन् । अहिले उनलाई कान्छी छोरीलाई पनि काममा लगाउने मन छ । æकान्छीलाई पनि काम खोजिदिन पाए हुन्थ्यो । आफुलाई निस्किन एकैछिन फुस्रद छैन ।Æ उनले सुनाइन् । उनले छोराछोरीलाई पढाउन भने सकिनन् । खान लाउन पु­् याउन नै धौ धौ भएको बेलामा पढाउने त सोच्नै नभ्याएको सानीमायाले सुनाइन् ।

उनलाई छोराछोरीले माया गर्छन् । त्यसैले पनि उनलाई अहिले जिवनप्रति त्यति चिन्ता लाग्दैन । त्यसमाथी तलबबाट पाँच सय पच्चीस रुपैंया भाडा अनि घरखर्च चलाएर महिनाको एक हजार जोगाउने पनि गरेकी छन् । उनलाई अब भने आफ्नो घर घडेरी जोडेर ढुक्कसँग बस्ने चाहना छ । योजना सुनाउँदै उनले भनिन् æपोखरामा बस्न महंगो छ । छोरालाई पनि यतिै ल्याउन पाए अलि अलि कमाउन सकिन्थ्यो होला । यहाँ गाडीका साहुलाई चिनेको पनि छैन ।Æ

विवाहपछि श्रीमान्ले दिएको पिडाका पोका मनभरी भएपनि उनी हतपत कसैलाई पनि आफ्नो मनको बह पोख्दिनन् । कसैले सोधेभने अर्कै श्रीमती लिएर बसेको छ । भन्न उनलाई आउँदैन । æकसैले सोधे भने पोखरामा जुत्ता सिलाउँछन् भन्ने गरेको छु ।Æ उनले आफ्नो अवस्था भन्न मन नलाग्नुको कारण खुलाउँदै भनिन् æआफ्नो व्यथा आफुसँगै छ । वित्थामा हेप्छन मात्रै केही भन्न मनै लाग्दैन ।

Sunday, December 13, 2009

'सेतो छडीको साहारा'

'सेतो छडीको साहारा'
प्रतिमा सिलावाल
सानी नातीनीलाई अ्गालो मारिन् । अनि गाला सुम्सुम्याईन् र भनिन् नातीनीको मोहडा कस्तो छ देख्न पनि पाईन । के गर्नु पुर्पुरोमा नै यस्तै लेखेर ल्याएपछि आफ्नो चाहनाले मात्रै नहुने रैछ । यो संसारलाई नै देख्न नपाईने लेखेर ल्याईएको रैछु । दैबले दिएको भाग त भोग्नैप् यो । घरी घरी यस्तै तर्कना उनको मनमा खेलिरहन्छ ।
बलिमाया अधिकारीको आँखाले यो संसार नियाल्न आमाको गर्भबाट जन्मदाँदेखी नै पाईनन् । न त चाहे अनुसारले आफ्नो जिन्दगी जिउन सकिन् । जिन्दगीमा दुःख कति गर्नुपर्ने रहेछ उनलाई अझैसम्म यकिन छैनन् । ५६ वर्षको उमेरमा पनि आफु अझै आफ्नै हातखुट्टा चलाएर बाँच्ने संकल्प उनमा छ । उनको लागि अन्धकार बाहिरी संसारमा एउटा सेतो छडी हातमा लिन्छिन् । एउटा झोला टाउकोमा मैनबत्तीले भरिएको हुन्छ । अनि लठ्ठीले छाम्दै हिँड्छिन् मैनबत्ती आयोÚ यहि आवाज निस्कन्छ उनको जिविको पार्जनको आधार ।
' नानी यता होईन मैनवत्ती बनाउने घर । ए हैन हगी मैले त बाटो भूलेछु ।' एक दिन मात्रै होईन पटक पटक उनले बाटो भूल्छिन् । हातमा सेतो छडी बोकेकी उनी त्यसैको भरमा कहाँ कहाँ पुग्छिन् आँफैलाई पत्तो हुँदैन । मैनबत्ती बेच्न हिँड्दा कहिले रामपुर कहिले गितानगर सम्म पुग्ने रै;छु सोध्दै हिँड्छु अनि थाहा हुन्छ । फर्किदा पनि बाटो सोधदै फर्किने बलिमायाले बताईन् । कहिले काँही त दिनदिनै हिँड्ने आफ्नै घरको बाटो पनि उनलाई थाहा हुँदैन । लमजुÚ्घ जिल्लाको बिचौर गाउँमा जन्मिएकी बलिमायाले जिवनमा भोगेको दुःख सुनाउँदा लाग्छ संसारको सबैको दुःख उनले मात्रै भोगेकी हुन् ।
उनको परिवारमा जन्मिएका छ जना दाजुभाई दिदीबहिनी मध्ये एक जना बहिनीले मात्रै आँखा देख्ने थिईन् । एक जना भाई र चार दिदीबहिनी दृष्टिबिहीन जन्मिए ।
पहाडको ठाउँ गरिब परिवारमा जन्मिएका उनको परिवारमा आँखा नदेखने भनेर उनले मायामा बस्न पनि पाईनन् । घरकै चार जना आँखा नदेख्ने भएपछि सक्दिन भनेर काम नगरी सुखै थिएन ।
पहाडको ठाउँ काम गर्नै प­् यो । एउटा हातले भारी समाउने अर्कोले बाटो छाम्ने गरेर हिँड्ने गर्थिन उनी । आफुले सकिन्जेल एक्लै जिवन काट्ने निर्णय गरेर बसेकी बलिमायाको शारीरीक अपाÚ्घताको कारण निर्णयले पुरा रुप लिन सकेन ।
बीस वर्षको उमेरमा उनले जिवन निर्वाह गर्ने साथीको रुपमा ५५ वर्षका शेरबहादुर अधिकारीलाई रोज्नुप­् यो । ँके गर्नु आफ्नो शरीरले सबैकाम गर्न नसक्ने भएपछि जिन्दगीसँग सम्झौता गर्नै पर्ने रहेछ ।
त्यसपछि अझ उनको दुःखका दिन बढ्न थाले । अरु दिदीबहिनीको पनि अरु ठाउँमा बिहे भयो । गाउँमा दुःख गर्दै बस्ने बलिमाया भईन् । गाउँका सबै आँखा देख्छन् । उनलाई आफु मात्रै आँखा नदेख्ने भएजस्तो लाग्थ्यो । अर्काको ढिकी जाँदो गरिदिएर आएको सामल ल्याएर घर धान्नु पर्ने अवस्था थियो । मेरो लगि अन्धकार यो संसारमा दुःख भन्दा केही छैन जस्तो लाग्थ्यो । दिनरात रोई रोई ढिकी जाँतो गर्थें ।Ú उनले गाउँमा छँदाको दुःख सुनाईन् ।
उनले चारवटा सन्तान पनि ढिकी जाँतो गरेर हुर्काईन् । श्रीमान् बुढा भईसकेका थिए । काम उनले नै गर्नुपथ्यो ।
अहिले उनका तीनछोरा एक छोरी छन् । दुःख गरी हुर्काएका छोरा छोरीको रुपरÚ्घ कस्तो छ उनलाई आजसम्म थाहा छैन । मेरो छोराछोरीको कस्ता छन् । बिहे हुन्छ हुँदैन अरुलाई सोध्थें । उनले आफ्नो अपाÚ्घताप्रतिको दुःखेसो यसरी गरेकी हुन् ।
छोराछोरीले आठ वर्ष अगाडी चितवन लिएर आएका छन् । चितवनमा झरेपछि बलिमायाले धेरै कुरा सिकिन् । सबैभन्दा महत्वपूर्ण त आफु एक्लै आँखा नदेख्ने होईन रहेछु भन्ने सिकिन् । त्यतिमात्रै होईन हातको सिप पनि सिक्ने अवसर पाईन् ।
चितवनको गौरीगाजमा जेठा छोरासँग उनी अहिले बस्दै आएकी छिन् । अहिले गरी खानको लागि उनको हातमा सिप छ । तर मैनबत्ति बनाउन सिकेपनि आर्थिक अभावको कारण मेसिन बनाउन बलिमायाको परिवारले सकेका छैनन् ।
मेसिन किनेर मैनवत्ति बनाउन आफुसँग पैसा छैन । अरुसँग किन्ने अनि बेच्ने गर्छु ।Ú उनले सुनाईन् । मैनवत्ती किनेर बेच्दा आजभोलि फाईदा हुन छाडेको उनी बताउँछिन् । एक प्याकेटमा पाँच रुपैंया भन्दा नाफा बस्दैन । दिनभरमा १५ घरजति मात्रै डुल्न सक्छु । आजभोलि त यो काम पनि गर्न सक्दिन जस्तो लागेको उनको भनाई छ ।
शरीरमा बुढ्यौलीले छोईसकेकोले पनि होला बसेर काम गर्न सक्ने खालको तालिम पाए त्यस्तो काम गरेर खाने चाहना उनले सुनाईन् ।
सरकारको तर्फबाट अपाÚ्घको लागि दिने भत्ता सबै अपाÚ्घले पाउने भनेपनि आफुलाई सहयोग कतैबाट नपाईएको बलिमायाको गुनासो छ । आफुले चिनेजाने जति सबैसँग अनुरोध गदौपनि उनले कतैबाट सरकारले दिने भनेको सहयोग नपाएको बताउँदै भनिन् ँ भत्ता माग्यो भने बसाईंसराई गरेको कागज माग्छन् । मसँग यहिको अपाÚ्घ परिचय पत्र छ । यसले हुँदैन रे । कतैबाट सहयोग नपाईए पनि आफ्नो जिवनलाई सेतो छडीको साहारा लिएर कर्मले उदाहरणीय बनाएकी छिन् ।