Monday, May 23, 2011

कुलतको कारण ?

प्रतिमा सिलवाल
'दशैंको अघिल्लो दिन देउकी मन्दिर गएर फर्किदै थियौं । आमाले कुट्नुभयो । आमाले यसअघि पनि माया गर्नुहुन्न थ्यो । सँधै कुट्ने माया गर्ने कोही छैन जस्तो लाग्यो । बाँच्न मन लागेन । मर्न भनेर जंगलतिर दौडिएँ । जंगल जंगल हिँड्दा कति अगाडी पुगेछु था'पाईन । माओवादीको द्वन्द्व चर्किएको थियो । म माओवादीको एरियामा पुगेछु । मलाई माओवादीका मान्छेले समाए । अनि उनीहरुको नै काम गर्नुपर्ने भयो ।' सुर्खेत जिल्लाकी मीना नाम परिवर्तन ले १३ वर्षको उमेरमा भोगेको यथार्थ हो यो । मीनाको यो यथार्थ सुनेपछि झट्ट अनुमान लगाईन्छ -ुउनी एउटा लडाकु बनिन् ।' तर मीनाको जीवनको बाटो त्यतातर्फ गएन । लडाकु मोर्चामा पुगेकी मीनाको जीवन भताभुङ्ग बन्यो । आमाको मायाको अभावले विक्षिप्त भएकी उनको जीवन बिगार्ने अर्को माध्यम बन्यो माओवादीको सशस्त्र द्वन्द्व । उनले माओवादीको नियन्त्रणमा हुँदा सुराकी दिने सेन्ट्रीको काम मात्रै गर्नु परेन । गोला बारुद अनि ग्रीनेट खेलाउन १३ वर्षको कलिलो हात र मस्तिष्कलाई पनि तयारीमा राखिन् । बाल्यकालको असर अहिले पनि बेलाबेलामा देखिन्छ । उनकै शब्दमा -ुलडाँईमा साथीहरु आँखै अगाडी क्षतविक्षत भएर मरेको दृष्य अहिले पनि झलझली आउँछ ।ु
क्रान्ति नबुझी छ महिने माओवादीको नियन्त्रण भोगेर लडाकुको भूमिका निभाएकी १३ वर्षे बालिका सुराकी बनेर विद्यालय फिर्ती भईन् । उनको साथमा गोला बन्दुक पनि कोशेली थियो । छ महिनाको अन्तरालमा फर्किँदा सुर्खेतको एसओएस विद्यालयले जहाँ उनी कक्षा ६ मा पढिरहेकी थिईन् फेरी भर्ना लिन मानेन । बाबुको मृत्युपछि आमा अर्को श्रीमान्सँग बिहे गरेर गएकीले उनको शरण मामाघरमा थियो । ुमाओवादीमा लागेकीु भनेर मामाघरबाट पनि उनी अपहेलित बनिन् । त्यहि अवस्थामा ुआतंककारीु भनेर पुलिसले ग्रीनेट सहित पकि्रयो । अहिले १९ वर्षकी युृवती मीना पुलिस हिरासतको एक महिनामा भएको यातना सम्झिँदा अहिले पनि पीडाले आँशु बहाउँछिन् ।
उनलाई स्कुलमा केजी पढाउँदाको शिक्षक आर्मीको लप्टनमा पुगेका रहेछन् । उनले गर्दा नै ुआतंककारीु बिल्ला लगाईएकी मीनाले प्रहरी हिरासतको यातनाबाट एक महिनापछि मुक्ती पाईन् । मीनका अनुसार उनी हिरासतबाट उम्किँदा उनको अन्तवार्ता लिन मानवअधिकारकर्मी पनि पुगेका थिए । तर हिरासतबाट उम्किएपछि उनी कहाँ पुगिन् कसैको चासोको विषय बनेन । न त पारिवारिक अपहेलना र देशको सशस्त्र द्वन्द्वले भविष्यको उज्ज्वल ताराको जीवन बर्बाद भएको कसैले थाहा नै पायो ।
अहिले पनि उनको जीवन गाथा बुझिदिने कोही छैनन् । जसरी ३० दिनको कालकोठरीबाट १३ वर्षकी अवोध बालिका निस्किएर परिवार अनि समाजको शरणमा पुग्दा उनलाई बुझ्यो । ुघरमा सबैले गाली गरे । बिगि्रइ भने । मेरो कुरा बुझ्ने कोही भएन । न त माया गर्ने नै ।ु एउटा भाइ र उनी मामाघरमा बसेका थिए । माओवादीको बिल्ला लागेपछि त्यो शरण पाउने आधार पनि टाढिदै गयो । उनलाई पटक पटक थपिएको पीडा सहने आधार नै भएन । त्यसपछि फेरी चार दिनमै घर छोडिन् । एकपटक जीवन नै त्याग्ने विचारले हिँडेकी उनीमाथि थपिएको पीडा कम भएको मीनाले त्यतिखेर महसुस गरिन् जतिबेला उनी पूर्णतया लागुपदार्थको आडमा बाँच्ने भइसकेकी थिईन् ।
मीनाले आफ्नो जीवनगाथा सुनाउँदा लाग्छ एकादेशको कहानी धारावाहिक रुपका कठस्थ कहँदै छिन् । लागुपदार्थसँगको छ वर्षको सामिप्यता उनको लागि अर्को पीडा थप्ने बाटो बन्यो । यद्यपी बाल्यकालमा पटक पटकको यातना पीडा लागुपदार्थको क्षणिक मजामा भुलेको महसुस गर्थिन् । ुघरबाट हिँडेपछि सडकको बास भयो । त्यतिबेला साथी त्यस्तै थिए ।ु उनी लागुपदार्थको भरमा बाँचेको समय सुनाउँदै थिईन् -ुआफु टेन्सनमा थिएँ । साथीहरुले टेन्सन हटाउँछ भन्यो । चुरोट खाँए । गाँजा खाएँ । त्यसपछि ब्राउन सुगर ।ु उनलाई लागुपदार्थको मातमा रमाउँदा जे सोच्यो त्यही पुगेजस्तो लाग्न थाल्यो । पीडा सबै भुलेजस्तो लाग्यो । मायाको अभावले उत्पन्न बेचैन लागुपदार्थले मेटाएको महसुस गर्न थालिन् । अनि उनको अवस्था उनकै शब्दमा -ुनपाउन्जेल खाुछैन । पाएपछि थाुछैन ।ु हुन थाल्यो ।
आफुसँग नाक कानमा भएको गहना लागुपदार्थ किन्नमा खर्च भयो । त्यसपछि लागुपदार्थ किन्ने खर्च जुटाउन उनलाई धौ धौ पर्न थाल्यो । ुकिन्ने खर्च नै नभएपछि केटाहरुसँग माग्नु पथ्र्यो ।ु उनलाई लागुपदार्थले अर्को बाध्यता थप्यो -ुउनीहरुले दिनुपरेपछि सेक्सको लागि राजी हुनुपर्ने ।ु घरबाट निस्किएर सडकको बास लिन बाध्य भएपछि पटक पटक सामुहिक बलात्कारको पनि शिकार भएकी उनले ुशरिर सापटीु दिएर बदलामा लागुपदार्थ खाने पनि गर्न थालिन् । मीना आफ्नै अनभुव सुनाउँदै भन्छिन् -ुलागुपदार्थ प्रयोगकर्ता महिलाहरु सबैजसो यौन िहंसामा परेकै हुन्छन् ।ु
उनी लागुपदार्थको नशालाई जीवनको बाटो रोज्ने भएपछि यसबाट उम्कन सुर्खेतमा नै एउटा सुधार केन्द्रमा बसेकी पनि थिईन् । त्यहाँबाट पनि राम्रो ुकाउन्सेलिङु पाईनन् । जसले आफ्नो जीवन बुझ्न सिकाओस् । सुर्खेतमा नभपछि उक्त संस्थाले काठमाडौं रिफर गर् यो । त्यहाँपनि उनले आफ्नो लत छोडिनन् । आवाज नामको त्यो संस्थाले बानी सुधार्न नसकेपछि अर्को संस्थामा पठायो । त्यतिबेला केही समय भने उनले छोडेकी थिईन् । तर पढाईको लागि विद्यालय भर्ना भएपछि फेरी उनको लत दोहोरियो । उनले सो समयमा पुरा लागुपदार्थ प्रयोग नछोडेपनि प्रभाइभेट परीक्षा दिएर एसएलसी भने उत्तीर्ण गरिन् ।
अहिले चार महिना ५ दिन भयो लागुपदार्थ प्रयोगकर्ताको भाषामा मीना ुपूर्ण क्लिनु छिन् । अर्थात उनले लागुऔषध प्रयोग गरेकी छैनन् । जीवनको १९ औं वसन्तमा रहेकी मीना अब नशारहित जीवन जीउने प्रयासमा छिन् । आफ्नो जीवन र लक्ष्य बुझ्न थालेकी छिन् । पारिवारीक अपहेलना र देशको सशस्त्र द्वन्द्वले जीवन नै बर्बाद हुनेतर्फ गइसकेको उनको भविष्यको बाटो एकता नेपाल चितवनको सुधार केन्द्रमा बसेर तय गर्दैछिन् । अब मीना नशारहित र लक्ष्यसहितको जीवन जीउन चाहन्छिन् । भन्छिन्- ुपढाई पुरा गर्छु । राम्रो काम गर्छु । म जस्तै मायाको अभावमा जीवन बुझ्न नसकेकालाई सही बाटोमा ल्याउन चाहन्छु ।ु

No comments:

Post a Comment