Saturday, May 28, 2011

हाम्रो समाचार खोई ?

ओ पत्रकार नानी ! नारायणगढको पुलचोकमा ब्राम्हण समाजको बन्दमा आज एक जनाले बोलाए । बाइकमा पे्रस टाँसेको थिईन । लाग्यो अगाडिकाले जस्तै यिनले पनि हपार्ने भए । ( हाकिमचोकबाट पुलचोकसम्म आउँदा चार ठाउँमा मैले बन्दकर्ताको झपार खाइसकेको थिएँ ।) बाइक सडकको साइडमा रोकें । पुलचोकको पसलका पेटीमा बस्दै गरेका 'पाका बन्दकर्ता' को अगाडी घाँटीमा झुण्ड्याएको पे्रस कार्ड देखाउँदै लुरुलुरु पुगें । पाका बन्दकर्ताले अगाडि लहरै रोकेको साइलको भित्र छिरेर नजिक आउन अह्राए । 'बन्दका केही बेला नराम्रो गरेभने जवाफ दिने कोही हुन्न ।' सोच्दै बन्दकर्ताको नजिक पुगें । उनले सोधे-'के मा काम गछ्र्यौ घाँटीमा झुण्ड्याएको कार्ड उनको चस्माको पावरले भ्याउने गरि नजिक पुर् याईदिएँ । मुखले पनि जवाफ दिएँ । त्यसपछि उनी बम्किए -'तिमी पत्रकारहरु कस्को समाचार लेख्छौ' मैले सोझो जवाफ फर्काएँ -'सबैको ।' त्यसपछि त उनी चर्किहाले -'लेख्छौ सबैको । तिमीहरु नेताको समाचार पायो भने मात्रै लेख्छौ ।' त्यतिबेला म बाहुनहरुले गराएका बन्दको रिपोर्टिङ्गको लागि १२ बजेको चर्को घाम खाँदै पुलचोक पुगेको उनले बिसर्िएका थिए । लगातार बोल्दै गए -ुहिजो हाम्रो तीन सय जनाको मोटरसाइकल र् याली थियो । कतै समाचार आएन । दलहरुको १० जना भएपनि समाचार बनाउँछौ ।ु ति हेर्दा ६० नाघेका पाका बन्दकर्ता बम्किन रोकिएका थिएनन् । मलाई उनको जवाफ फर्काएर त्यहाँ अर्को रमिता देखाउन मन लागेन । हुन त मेरो पनि क_िन्सरी तातेको थियो । मुखमा जवाफ पनि आएको थियो -ुजातीयताको नाममा बन्द गराएर देशलाई विखण्डन तिर धकेल्ने तिमीहरुको समाचार लेख्नै पर्छ भन्ने के छ ।ु तर जवाफ फर्काईन । सोचें मेरो सुरक्षा पहिलो हो । अनि आफ्नै बाइक भएतर्फ आएँ । त्यतिनै बेला एक भलाद्मी देखिने बन्दकर्ता मभएठाउँ आईपुगे । मैले उनलाई सोधे्र तपाईं बन्दको आयोजक हो । उनी पनि आयोजक नै रैछन् । मैले उनलाई सहकर्मी बन्दकर्ता बम्केका कुरा भन्न मात्रै के लागेको थिएँ । उनी बोलिहाले -'पत्रकारहरु त देशको तेस्रो अंग ।' उनको कुराले मेरो रिस हरायो । उनको ुविशेषज्ञताुमा उनककै अगाडि मज्जाले हाँस्न मन लागेको थियो । झट्ट सम्झिँए 'आज त बन्द पो हो ।' अनि मोटरसाइकल स्टार्ट गरेर मनमनै हाँस्दै आफ्नो बाटो तताएँ ।

Tuesday, May 24, 2011

पार्टी भन्दा सिर्जनशिलता सफल गराउने चिन्ता




पार्टीको आन्तरिक द्वन्द्व चरममा छ । कहिले पार्टीका कार्यकर्ताले नेता मार्ने खबरले सददेखि चोकका चिया पसल तताउँछ । कहिले प्रचण्ड, बाबुराम र वैद्यको विवादले पार्टी पंक्तिलाई तताउने गर्छ । । पार्टीको विवाद साचार माध्यमले फुकेको फुक्यै छन् । चोक-चोकका चियापसलमा एकीकृत नेकपा माओवादीको अबको बाटोको बारे चर्चा चरम छ ।
पार्टीका नेता कार्यकर्ता आफुलाई कतातर्फको बनाउने भन्नेमा विचार विमर्श गर्ने हतारमा छन् । कोही प्रचण्ड पक्षधरमा गनिएका छन् त कोही डा। बाबुराम भट्टराईको पक्षमा । कसैलाई मोहन वैद्यको 'जनविद्रोह' ले तानेको छ । तर तनहुँ देवघाटका माओवादी कार्यकर्तालाई पार्टीको विवादको चासो भन्दा पनि आफ्नो सिर्जनशिलता सफल गराउन ध्यान बढी छ ।
दश वर्षे सशस्त्र द्वन्द्वबाट शान्ति प्रकि्रयामा आएका माओवादी पार्टीको नाम लिँदा सिर्जनशिलता भन्दा पनि ुशक्तिमा रमाउने पार्टी' भनेर बुझ्ने नेपाली अझै पनि छन् ।
अझ भुमिगत कालमा बम बारुद खेलाएकालाई त कमैले सिर्जनशिलतामा रमाउँछन् भन्ने बुझ्छन् । तर यस्तो पहिचानलाई मेटाउँदै परिश्रम र सामुहिकताको सिर्जनाको उदाहरण बनेका छन् तनहुँ देवघाटका माओवादी कार्यकर्ता ।
दुई वर्षयता सामुहिक रुपमा बाख्रापालन थालेका छन् । त्यो पनि कृषि सहकारीमार्फत । एकीकृत नेकपा माओवादी तनहुँको मातहतमा रहने गरी उनीहरुले सहकारीमार्फत सिर्जनशिल काम थालेका हुन् । एपीएस कृषि सहकारी नामबाट सहकारीमार्फत उनीहरुले काम थालेका हुन् । जसको नेतृत्व रामबहादुर भट्टले गरेका छन् ।
५९ वर्षका रामबहादुर नै पूर्णरुपमा काममा खटिएका छन् । उनले छ वर्ष पहिले गर्ने र अहिलेको कामको प्रकृति फरक छ । तर उद्देश्य एउटै हो बाटो देखाउनु । छ वर्ष पहिले रामबहादुर भट्ट छापामारको गाइड थिए । तत्कालिन भूमिगत नेकपा माओवादीका छापामारलाई उनी बाटो चिनाउँथे । कताबाट हिँड्दा सुरक्षित भइन्छ शत्रु को निशानाबाट बच्न सकिन्छ हरदम चिन्ताको विषय थियो ।
अहिले पनि उनले नेतृत्व गरेर बाटो देखाउने तरिका नै अपनाएका छन् । त्यतिबेला ुवर्तमानको गाईडु भट्ट अहिले ुभविष्यको गाइडु बनेका छन् । पहिलेदेखि नै नयाँ काम गर्ने योजनामा रहेका रामबहादुर तनहुँमा आफ्नो पार्टीसँग सल्लाह गरी किसानलाई आम्दानीको भविष्य देखाउन कस्सिएका हुन् । भूमिगतकालमा जति नेकपा माओवादी प्रतिवद्ध थिए अहिले पनि उत्तिकै प्रतिवद्ध छन् । नेकपा माओवादीको तनहुँ जिल्ला समितिको सदस्य पनि हुन् ।
पार्टीमा लागेपछि दलबल लिएर भाषणमात्रै छाँटेर हिँड्नु दिन कटाउने मेसोमात्रै हो । यहि तथ्य बुझेर रामबहादुरको नेतृत्वमा रहेका माओवादी कार्यकर्ताले पहलमा पार्टीकै मातहतमा रहने गरी तनहुँको देवघाट गाउँ विकास समिति वडा नम्वर २ सिन्दुरे खोलामा बाख्रा फार्म खालेका हुन् । आधुनिक तरिकाबाट बाख्रापालन गरेका छन् ।
बाख्राको खोर मान्छेको घरभन्दा पनि चिटिक्क छ । काठबाट बनाईएको घरमा चारवटा फरक फरक कोठा छन् । ुव्याउने पाठापाठी वयस्क फरक फरक गरी राख्छौंु बाख्रापालनको तालिम लिएर बसेका रामबहादुरको सीपले नै बाख्राको व्यवस्थित बसाई बसेको हो । हरेक दिन चराउन लैजानु समय समयमा रेखदेख गर्न उनका सपरिवार नै पार्टी मातहतमा नै रहने गरी खटिएका छन् । ुकाम पार्टीकै हो । मोर्चामात्रै फरकु आफ्नो नेतृत्वमा थालेको कामबारे उनको टिप्पणी हो यो ।
एकीकृत नेकपा माओवादी तनहुँको लगानीमा सिन्दुरे खोलाको जंगल छेउमा बाख्रा फारम खोलिएको हो । एपिएस कृषि सहकारी नामबाट बाख्रापालन गरिएको छ ।
देशमा भएका सानो घटना वा दुर्घटनामा ज्यान गुमाउनेको नाम पनि शहीदको लिस्टमा चढ्ने माग गर्ने परम्परा सामान्य जस्तो भइसकेको छ । तर शहीदको नाममा सिर्जनशिल काम गर्ने प्रवृत्ति न्यूनमात्रै हुने गरेको छ । तनहुँको माओवादी पार्टीले भने आफ्नो सिर्जनशिलतामा पाटीका ुशहीदु को नाम जोड्यो । एपिएस कृषि सहकारीको नाम शहीदकै नामबाट जुराएको हो ।
बाख्रापालनमा दक्ष तथा सहकारीका अध्यक्षसमेत रहेका रामबहादुर भट्टका एक छोरा शिव भट्टले भूमिगत कालमा नै मृत्युवरण गरे । तनहुँको सिन्दुरेखोला प्रकाश सुवेदी अनि मेघनाथ लामिछनेले पनि माओवादी शसस्त्र विद्रोहमा नै ज्यान गुमाए । उनीहरुकै नामबाट सिर्जनात्मक काम गर्नको लागि पार्टीलाई झक्झकाउन पनि भट्टलाई काम गर् यो ।
ुएउटै छोरा पार्टीमा भूमिगत अवस्थामा शहिद भयो 'बाख्रापालन फार्ममा रहेको तस्विर अंकित गेटमा हेर्दै भने -ुशहिदकै प्रेरणाले पनि केही गरौं भनेर पार्टीमा प्रस्ताव गरेको हो ।'
दुईवर्ष अगाडीदेखि १९ वटा बाख्रा राखेर बाख्रापालन थालिएको हो । अहिले ४९ वटा पुगेको छ । तनहुँको देवघाट गाविसको सिरानमा बाख्रापालन गरिएको छ । अहिलेसम्म बिक्रीको लागि भने बाख्रा तयार भएको छैन । 'हामी अहिले संख्या विस्तारमा नै छौं ।' बाख्रा बिक्रीको लागि आउँदो दशैं सम्ममा तयार हुने जानकारी दिँदै रामबहादुरले भने ।
कृषि उत्पादन बढाउन सहकारी मार्फत थालिएको अभियान यतिमा मात्रै सिमित छैन । उनीहरुले घाँस खेती मालापालन बंगु्रपालन गर्ने योजना पनि तयार गरेका छन् ।
तनहुँको कृषि कार्यालयबाट पाँच लाखको योजना पनि स्वीकृत भइसकेको छ । तीन वटा पोखरी बनाएर माछापालन थाल्ने योजना रहेको उनले बताए । बाख्रापालन पनि भाडामा जग्गा लिएर थालेका हुन् । रामबहादुरको नेतृत्वमा २५ जना एमाओवादीका कार्यकर्ता सहकारीमा आवद्ध छन् ।

Monday, May 23, 2011

महिलाका दुःखमा सँगै 'मीना दिदी'

कपाल कालै छन् अनुहार कत्ति पनि चाउरी परेको छैन मझौला कद र फरासिली पनि छिन् उनी । विदेश तिर हो भने बल्ल विवाहको उमेर भयो तरपनि चितवन लङ्कुकी मीना खरेललाई सबैले दिदी भन्छन् । अप्ठ्यारोमा परेका अधिकांश महिलाहरुले 'मीना दिदी'लाई नै सम्झिन्छन् । चितवन र आसपासका महिलालाई समस्या पर्ने बित्तिकै 'मीना दिदी' कहाँ आईपुग्छन् ।
तर 'मीना दिदी' हिजोआज आफ्नैबारे सोच्दैछिन् -ुमैले कहिलेसम्म समाजसेवा र महिला दिदीबहिनीको लागि भनेर मरिमेट्ने ।' आँफैलाई प्रतिप्रश्न गर्छिन् -'मेरो जीवनको अन्तिम लक्ष्य के हो ? उत्तर उनैसँग छ -'महिला दिदीबहिनी र दुःखी गरिबको सेवा नगरी बस्नै सक्दिन । मेरो मन नै मान्दैनु। उनी हिसाब लगाउँछिन् 'जीवनको बीसौं वर्ष समाजसेवामा खर्चियो विवाहको साइत पनि टरिसक्यो । अब साइत जुटाउने रहर पनि छैन ।ु उमेरले ३९ औं वर्षमा हिँड्दै गरेकी मीना खरेलले जीवनमा आफ्ना लागि आएका महत्वपूर्ण अवसर पनि छोडिन् । उनका प्रत्येक अवसरलाई महिलाहरुमाथि हुने गरेका िहंसा र पीडाका आवाजले पछाडि पार् यो । मीनाले त्यसकै विरुद्ध संघर्ष गर्दैमा जीवनको महत्वपूर्ण समय व्यतित गरिन् ।
एसएलसीको परीक्षा उत्तिर्ण गरेपछि समाज सेवामा होमिएकी मीना अझै पनि उत्तिकै कि्रयाशिल छिन् । समाजसेवा स्वार्थले शुरु गरिएको थिएन । बीस वर्ष अगाडि चितवनमा ब्याप्त दाईजो प्रथाको विरोध गर्ने प्रमुख लक्ष्य लिएर आफुजस्तै दिदीबहिनीको सहयोगले आदर्श नारी विकास केन्द्रको संस्थापक सचिव बनेर मीनाको समाजसेवासँग मितेरी जोडिएको थियो । बीस वर्षको दौरानमा उनी थाकेकी छैनन् । न त महिलाका समस्याहरु कम्ती भएर गएका छन् । हिजोभन्दा आज झन् धेरै समस्याहरु छन् । उनी सय बढी मुद्दामा साक्षी बसिसकिन् । हजार बढी महिलाका समस्या प्रहरी वा आफ्नै पहल र मध्यस्ततामा सुल्झाएकी छिन् उनले ।
आफ्नै जीवनका लक्ष्य केलाउँदा प्रत्येकदिन महिलाहरुका लागि गरेका पहल उदाहरण बनेर आउँछन् । ुभीमाको केश मिलेन चोखालको जीवन बर्बाद पार्ने पक्राउ गर्न सकिएन प्रहरीले यो केशमा सपोर्ट गरेन आदर्श गृहका महिलालाई आर्थिक उपार्जनको लागि के योजना बनाउँदा ठिक होला हाम्रो घरका भाइहरुको लागि दिर्घकालिन खर्च जुटाउने आधार के बनाउने होला ु मीनाको दैनिकी यस्तै कुरा सोचर गरेर बित्छन् ।
समाजसेवाको जीवनलाई रोजेर २०५५ सालमा नै नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य बनेकी मीनाले सक्रीय राजनीति छोडिन् । अनि श्रीमान्ले छोडेर अलपत्र बनेकी महिलालाई सहयोग गरेर साइकल डोर् याउँदै साग बेच्दै आफ्नो खर्च जुटाएको हेर्दा रमाउन थालिन् । हाम्रो घर नामको सडक बालक पुर्नस्थापना केन्द्र साचालन गरेर सडक बालकहरुले भविष्य खोज्दै विद्यालय गएको देख्दा आनन्दित भईन् । दुई वर्षयता िहंसामा परेका महिलाहरुको पुर्नस्थापना केन्द्र साचालन गरेर महिलालाई सवल बनाउने पाटोमा अझ बढी कि्रयाशिल छिन् । आठ वर्षदेखि सामुदायिक विकास केन्द्र नारायणगढमार्फत समाजको अपराध घटाउनको लागि विभिन्न कार्यक्रम पनि गर्दै आएकी छिन् ।
आफ्नो जीवन गोरेटो उनले व्यक्तिगत स्वार्थको लागि तय गरिनन् । हातमा डिग्री पासको सर्टिफिकेट बोकेकी मीना कमाउने मेसो जुटाउन दश चारको जागिरमा रमाइनन् । नौ दिदीबहिनी र दुई दाजुभाइकी बीचमा उनी बिहे नगरी समाजमा रमाउने एक्ली सन्तान हुन् । महिलाहरुको दुःखमा दुःखी र सुखमासँगै रमाउँदा उनी परिवारको पनि पि्रय छिन् । माइतीमा बसेका अविवाहित दिदीबहिनी अधिकांश माइतीको हेलामा हुन्छन् भन्ने कुरा मीनाको पारिवारिक मेलले उल्टो गराएको छ । उनले महिलाको लागि लड्न आफुपनि आदर्श बन्नुपर्छ भन्ने मान्यतालाई पनि आत्मसात गरेकी छिन् । कानुनले गरेको अंश पाउने अधिकारलाई दाजुभाई सरह अंश लिएर स्थापित पनि गरेकी छिन् मीनाले ।
ुमहिलालाई सहयोग परिवारको हुनुपर्छ ।ु मीनाले काम गर्दाको अनुभवमा आफ्नै घरबाट सिकेको पाठ हो यो । तर उनले गर्ने समाजसेवा भने अधिकांश पारिवारिक िहंसाबाट नै जन्मिएका हुन्छन् । श्रीमान्ले कुटेको दोस्रो बिहे गरेको अंश नदिएको आफन्तबाट बेचिएको यस्तै समस्या मीनाले अधिकांश समय हेर्नुपर्छ । महिलाहरु न्यायको गुहार माग्दै आइपुग्छन् । मीनाले तिनैका लागि आफूलाई समर्पित गरेकी छिन् । तिनैको सुखमा सुख र खुसीमा खुसी देख्छिन् उनी । त्यसैले समस्यामा परेका महिलाहरुको हरेक पीडालाई आफ्नो ठानेर समाधानको लागि सहयोग गर्छिन् ।
उनको अनुभवमा ८० प्रतिशत महिला घरेलु िहंसाबाट पीडित छन् । कतिपय आफ्नो समस्या लुकाएर बसेका छन् । समस्या खोलेकाले पनि उचित राहत पाउन कठिन छ । चितवन जस्तॊ शिक्षित मानिसको बसोबास भएको जिल्लामा गनिने ठाउँमा त धेरै महिलाले घरको िहंसा सहेर बस्न बाध्य छन् । ुव्यवसायिक शिक्षा चेतनाको स्तर उच्च सरकारको नीति र कार्यक्रम महिलामुखी हुनुपर्छ ।ु महिलामाथि हुने असमान अवस्था र िहंसा न्यूनिकरणको लागि उनको अनुभवले देखाएको बाटो हो । मीना थुप्रै िहंसाका घटना जोड्दै थप्छिन्् ुमहिला आर्थिक रुपमा सवल भए िहंसा न्यूनिकरणमा मद्दत पुग्छ ।ु

कुलतको कारण ?

प्रतिमा सिलवाल
'दशैंको अघिल्लो दिन देउकी मन्दिर गएर फर्किदै थियौं । आमाले कुट्नुभयो । आमाले यसअघि पनि माया गर्नुहुन्न थ्यो । सँधै कुट्ने माया गर्ने कोही छैन जस्तो लाग्यो । बाँच्न मन लागेन । मर्न भनेर जंगलतिर दौडिएँ । जंगल जंगल हिँड्दा कति अगाडी पुगेछु था'पाईन । माओवादीको द्वन्द्व चर्किएको थियो । म माओवादीको एरियामा पुगेछु । मलाई माओवादीका मान्छेले समाए । अनि उनीहरुको नै काम गर्नुपर्ने भयो ।' सुर्खेत जिल्लाकी मीना नाम परिवर्तन ले १३ वर्षको उमेरमा भोगेको यथार्थ हो यो । मीनाको यो यथार्थ सुनेपछि झट्ट अनुमान लगाईन्छ -ुउनी एउटा लडाकु बनिन् ।' तर मीनाको जीवनको बाटो त्यतातर्फ गएन । लडाकु मोर्चामा पुगेकी मीनाको जीवन भताभुङ्ग बन्यो । आमाको मायाको अभावले विक्षिप्त भएकी उनको जीवन बिगार्ने अर्को माध्यम बन्यो माओवादीको सशस्त्र द्वन्द्व । उनले माओवादीको नियन्त्रणमा हुँदा सुराकी दिने सेन्ट्रीको काम मात्रै गर्नु परेन । गोला बारुद अनि ग्रीनेट खेलाउन १३ वर्षको कलिलो हात र मस्तिष्कलाई पनि तयारीमा राखिन् । बाल्यकालको असर अहिले पनि बेलाबेलामा देखिन्छ । उनकै शब्दमा -ुलडाँईमा साथीहरु आँखै अगाडी क्षतविक्षत भएर मरेको दृष्य अहिले पनि झलझली आउँछ ।ु
क्रान्ति नबुझी छ महिने माओवादीको नियन्त्रण भोगेर लडाकुको भूमिका निभाएकी १३ वर्षे बालिका सुराकी बनेर विद्यालय फिर्ती भईन् । उनको साथमा गोला बन्दुक पनि कोशेली थियो । छ महिनाको अन्तरालमा फर्किँदा सुर्खेतको एसओएस विद्यालयले जहाँ उनी कक्षा ६ मा पढिरहेकी थिईन् फेरी भर्ना लिन मानेन । बाबुको मृत्युपछि आमा अर्को श्रीमान्सँग बिहे गरेर गएकीले उनको शरण मामाघरमा थियो । ुमाओवादीमा लागेकीु भनेर मामाघरबाट पनि उनी अपहेलित बनिन् । त्यहि अवस्थामा ुआतंककारीु भनेर पुलिसले ग्रीनेट सहित पकि्रयो । अहिले १९ वर्षकी युृवती मीना पुलिस हिरासतको एक महिनामा भएको यातना सम्झिँदा अहिले पनि पीडाले आँशु बहाउँछिन् ।
उनलाई स्कुलमा केजी पढाउँदाको शिक्षक आर्मीको लप्टनमा पुगेका रहेछन् । उनले गर्दा नै ुआतंककारीु बिल्ला लगाईएकी मीनाले प्रहरी हिरासतको यातनाबाट एक महिनापछि मुक्ती पाईन् । मीनका अनुसार उनी हिरासतबाट उम्किँदा उनको अन्तवार्ता लिन मानवअधिकारकर्मी पनि पुगेका थिए । तर हिरासतबाट उम्किएपछि उनी कहाँ पुगिन् कसैको चासोको विषय बनेन । न त पारिवारिक अपहेलना र देशको सशस्त्र द्वन्द्वले भविष्यको उज्ज्वल ताराको जीवन बर्बाद भएको कसैले थाहा नै पायो ।
अहिले पनि उनको जीवन गाथा बुझिदिने कोही छैनन् । जसरी ३० दिनको कालकोठरीबाट १३ वर्षकी अवोध बालिका निस्किएर परिवार अनि समाजको शरणमा पुग्दा उनलाई बुझ्यो । ुघरमा सबैले गाली गरे । बिगि्रइ भने । मेरो कुरा बुझ्ने कोही भएन । न त माया गर्ने नै ।ु एउटा भाइ र उनी मामाघरमा बसेका थिए । माओवादीको बिल्ला लागेपछि त्यो शरण पाउने आधार पनि टाढिदै गयो । उनलाई पटक पटक थपिएको पीडा सहने आधार नै भएन । त्यसपछि फेरी चार दिनमै घर छोडिन् । एकपटक जीवन नै त्याग्ने विचारले हिँडेकी उनीमाथि थपिएको पीडा कम भएको मीनाले त्यतिखेर महसुस गरिन् जतिबेला उनी पूर्णतया लागुपदार्थको आडमा बाँच्ने भइसकेकी थिईन् ।
मीनाले आफ्नो जीवनगाथा सुनाउँदा लाग्छ एकादेशको कहानी धारावाहिक रुपका कठस्थ कहँदै छिन् । लागुपदार्थसँगको छ वर्षको सामिप्यता उनको लागि अर्को पीडा थप्ने बाटो बन्यो । यद्यपी बाल्यकालमा पटक पटकको यातना पीडा लागुपदार्थको क्षणिक मजामा भुलेको महसुस गर्थिन् । ुघरबाट हिँडेपछि सडकको बास भयो । त्यतिबेला साथी त्यस्तै थिए ।ु उनी लागुपदार्थको भरमा बाँचेको समय सुनाउँदै थिईन् -ुआफु टेन्सनमा थिएँ । साथीहरुले टेन्सन हटाउँछ भन्यो । चुरोट खाँए । गाँजा खाएँ । त्यसपछि ब्राउन सुगर ।ु उनलाई लागुपदार्थको मातमा रमाउँदा जे सोच्यो त्यही पुगेजस्तो लाग्न थाल्यो । पीडा सबै भुलेजस्तो लाग्यो । मायाको अभावले उत्पन्न बेचैन लागुपदार्थले मेटाएको महसुस गर्न थालिन् । अनि उनको अवस्था उनकै शब्दमा -ुनपाउन्जेल खाुछैन । पाएपछि थाुछैन ।ु हुन थाल्यो ।
आफुसँग नाक कानमा भएको गहना लागुपदार्थ किन्नमा खर्च भयो । त्यसपछि लागुपदार्थ किन्ने खर्च जुटाउन उनलाई धौ धौ पर्न थाल्यो । ुकिन्ने खर्च नै नभएपछि केटाहरुसँग माग्नु पथ्र्यो ।ु उनलाई लागुपदार्थले अर्को बाध्यता थप्यो -ुउनीहरुले दिनुपरेपछि सेक्सको लागि राजी हुनुपर्ने ।ु घरबाट निस्किएर सडकको बास लिन बाध्य भएपछि पटक पटक सामुहिक बलात्कारको पनि शिकार भएकी उनले ुशरिर सापटीु दिएर बदलामा लागुपदार्थ खाने पनि गर्न थालिन् । मीना आफ्नै अनभुव सुनाउँदै भन्छिन् -ुलागुपदार्थ प्रयोगकर्ता महिलाहरु सबैजसो यौन िहंसामा परेकै हुन्छन् ।ु
उनी लागुपदार्थको नशालाई जीवनको बाटो रोज्ने भएपछि यसबाट उम्कन सुर्खेतमा नै एउटा सुधार केन्द्रमा बसेकी पनि थिईन् । त्यहाँबाट पनि राम्रो ुकाउन्सेलिङु पाईनन् । जसले आफ्नो जीवन बुझ्न सिकाओस् । सुर्खेतमा नभपछि उक्त संस्थाले काठमाडौं रिफर गर् यो । त्यहाँपनि उनले आफ्नो लत छोडिनन् । आवाज नामको त्यो संस्थाले बानी सुधार्न नसकेपछि अर्को संस्थामा पठायो । त्यतिबेला केही समय भने उनले छोडेकी थिईन् । तर पढाईको लागि विद्यालय भर्ना भएपछि फेरी उनको लत दोहोरियो । उनले सो समयमा पुरा लागुपदार्थ प्रयोग नछोडेपनि प्रभाइभेट परीक्षा दिएर एसएलसी भने उत्तीर्ण गरिन् ।
अहिले चार महिना ५ दिन भयो लागुपदार्थ प्रयोगकर्ताको भाषामा मीना ुपूर्ण क्लिनु छिन् । अर्थात उनले लागुऔषध प्रयोग गरेकी छैनन् । जीवनको १९ औं वसन्तमा रहेकी मीना अब नशारहित जीवन जीउने प्रयासमा छिन् । आफ्नो जीवन र लक्ष्य बुझ्न थालेकी छिन् । पारिवारीक अपहेलना र देशको सशस्त्र द्वन्द्वले जीवन नै बर्बाद हुनेतर्फ गइसकेको उनको भविष्यको बाटो एकता नेपाल चितवनको सुधार केन्द्रमा बसेर तय गर्दैछिन् । अब मीना नशारहित र लक्ष्यसहितको जीवन जीउन चाहन्छिन् । भन्छिन्- ुपढाई पुरा गर्छु । राम्रो काम गर्छु । म जस्तै मायाको अभावमा जीवन बुझ्न नसकेकालाई सही बाटोमा ल्याउन चाहन्छु ।ु